विषालु च्याउ खाएर बिरामी परेकी महिलाको मृत्यु
रोल्पा | साउन १३, २०८०
सांकेतिक तस्वीर
रोल्पा: रोल्पामा विषालु च्याउ खाएर बिरामी भएकी एक महिलाको मृत्यु भएको छ । विषालु च्याउको तरकारी खाँदा बिरामी भएकी लुङ्ग्री गाउँपालिका–५ बुझिङकी २६ वर्षीया बिमला विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
असार २६ गते विषालु च्याउ खाँदा बिमलासहित सात वर्षीया रोशनी विक, २४ वर्षीया दिलमाया विक, ६ वर्षीया आकृति विक र २३ वर्षीया ऋतु विक बिरामी परेका थिए । बिरामीपरेकामध्ये बिमलाको आज शनिवार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
च्याउ खाएर बिरामी परेका उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार सम्भव नभएपछि असार ३१ गते लुम्बिनी सिटी हस्पिटल बुटवल लगिएको थियो । त्यही परिवारकै सात वर्षकी रोशनी विकको भने श्रावण २ गते उपचारका क्रममा मृत्यु भएको थियो ।
यस्तै, विषालु च्याउ खाएर बिरामी परेका त्यही ठाउँका ३५ वर्षीया भीमा गुरुङ, ११ वर्षीय सुशील गुरुङ र ६ वर्षीय प्रेम गुरुङको असार २५ गते मृत्यु भएको थियो ।
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ । कार्...
काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

